
धादिङ मंसिर ६ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जारी जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिता अन्तरगत आज छैटौं दिन उपाधीका दावेदार बलिया टिमहरु एक आपसमा आमने सामने हुँदैछन् ।
यस प्रतियोगितामा ३ खेल खेलेको र सबै खेलमा आफ्नो जित दर्ता गर्दै आएको धादिङ सामाज धादिङ र ३ खेल खेले खेल्दै अपराजित यात्रामा रहेको धुनीबेसी युवा समाज धुनीबेसी बीच आज पहिलो खेल हुनेछ । यी दुबै टिमले यस लिगको उपाधीका लागि बलियो टिम रहेका हुन् ।
यस्तै दोस्रो खेल अरुणदय आदमटार र न्यू स्टार महादेवबेसी हुनेछ । तेस्रो खेल विद्यार्थी उपकार संघ पात्ले र पञ्चकन्या युवा समाज र आजको अन्तिम खेल भद्रकाली सामुदायीक विकास समाज मलेखु र व्वाईज युनाईटेड धादिङबेसी बीच हुनेछ । मलेखु र व्वाईज उनाईटेले पनि यस प्रतियोगितामा उत्साहजनक प्रदर्शन गरि रहेका छन् ।
हिजो भएको ४ खेलको नतिजा यस्तो छ
बिहान पहिलो खेल धुनीबेसी युवा क्लव र न्यू स्टार युवा क्लव महादेवबेसी बीच भएको थियो । यस खेलमा न्यू स्टारको १ गोलको विरुद्ध धुनीबेसीले २ गोल गरी विजयी भएको थियो । आजको दोस्रो खेल गलौदी युवा क्लव गजुरी र इन्द्राणी युवा क्लव आदमघाट बीच भएको थियो । यस खेलमा गलौदीलाई शुन्यमा रोक्दै इन्द्राणीले २ गोल का साथ विजयी बन्यो ।
यस्तै तेस्रो खेल भद्रकाली सामुदायीक समाज मलेखु र विद्यार्थी उपकार संघ धुवाँकोट नीलकण्ठ बीच भएको थियो । यस खेलमा भद्रकालीलाई शुन्यमा रोक्दै विद्यार्थी उपकारले २ गोल गरी विजयी भयो । त्यस्तै हिजोको अन्तिम खेल गजुरी सामुदायीक विकास समाज गजुरी र पञ्चकन्या युवा क्लव बीच भएको थियो । यस खेलमा पञ्चकन्याको १ गोलका विरुद्ध गजुरीले ३ गोल गरी विजयी बनेको थियो ।