कांग्रेस धादिङद्वारा संघ र प्रदेशको अधिवेशन स्थलहरु सार्वजनिक

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ५, २०७८

धादिङ मंसिर ५ । नेपाली कांग्रेस धादिङले मंसिर ६ गते हुने संघ र प्रदेश क्षेत्रिय अधिवेशन हुने स्थानहरु सार्वजनिक गरेको छ । कांग्रेस धादिङले धादिङका दुई वटा संघीय क्षेत्र र ४ वटा प्रदेश क्षेत्रिय अधिवेशन मंसिर ६ र ७ मा सम्पन्न गर्न लागेको हो ।

देउवा पक्ष र पौडे पक्ष बीच प्रतिपर्धा हुने कांग्रेसको यस क्षेत्रिय अधिवेशनमा यी दुबै पक्षले आ आफ्नो उम्मेदवारहरुले जित्ने दावी गर्दै आएका छन् । धादिङको सदर मुकाम धादिङबेसी समेटिएको संघीय निवाचन क्षेत्र नम्बर २ मा देउवा पक्षबाट एवम् भिम ढुङ्गाना समुहबाट युवा नेता दिपक कोईरालाले उम्मेदवारी दिएकाछन् भने पौडेल पक्ष अर्थात रामनाथ अधिकारी समुहबाट जिल्ला सभापति रमेश धमलाको भाई राकेश धमलाले उम्मेदवारी दिएका छन् ।

यस्तै क्षेत्र नम्बर २ अन्तगत पर्ने प्रदेश क्षेत्र नम्बर २ क र ख को सभापतिमा भिम ढुङ्गाना समुहले क्रमस ऋषि कुमार श्रेष्ठ र रणबहादुर तामाङ अगाडी सरेको छ भने रामनाथ अधिकारी समुहले होमबहादुर गुरुङ र हरि तामाङलाई अगाडी सारेको छ ।

संघीय क्षेत्र नम्बर १ को सभापति पदका लागि भिम ढुङ्गाना समुहबाट रविसुधन थापा र रामनाथ समुहबाट कुमारबहादुर सिंखडाले उम्मेदवारी दिने निश्चित भएको छ । यस्तै क्षेत्र नम्बर १ अन्तगत पर्ने प्रदेश क्षेत्र नम्बर १ क र ख को सभापतिमा भिम ढुङ्गाना समुहले श्याम रेग्मी र रामहरि कडेललाई उठाउने भएको छ भने रामनाथ अधिकारी समुहले राजकुमार कँवर र विष्णु प्रसाद रुपाखेतीलाई उठाउने निर्णय गरेको छ ।

अधिवेशन स्थल:
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क)- बैरेनी
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख)- गलौंदी कभर्डहल

क्षेत्र नं. १ का दुवै प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी मनोनयन दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका निर्वाचन कार्यक्रमहरू आज मंसिर५ गते, आइतबार हुने छन् भने मतदान कार्यक्रम भोलि मंसिर ६ गते, सोमबार हुने कांग्रेस धादिङले जनाएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क): धादिङबेसी
प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (ख): धादिङबेसी
प्रतिनिधिसभा क्षेत्र नं.२- धादिङबेसी

क्षेत्रनं.२ का दुवै प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी मनोनयन दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका निर्वाचन कार्यक्रमहरू मंसिर ६ गते, सोमबार हुनेछन् भने मतदान कार्यक्रम मंसिर ७ गते, मंगलबार हुने कांग्रेस धादिङले जनाएको छ ।

क्षेत्रीय प्रतिनिधि संख्या
जम्मा – २१९७
प्रतिनिधिसभा क्षेत्र नं. १- ९१६
प्रदेशसभा क्षेत्र नं. १(१)- ४७५
प्रदेशसभा क्षेत्र नं. १(२)- ४४१
प्रतिनिधिसभा क्षेत्र नं. २- १२८१
प्रदेशसभा क्षेत्र नं. २(१ )- ७५१
प्रदेशसभा क्षेत्र नं. २(२) – ५३०