
धादिङ मंसिर ५ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा बुधबारबाट जारी जिल्ला स्तरीय नवौं एन्फा लिग अन्तरगत आज पाँचौ दिन पनि ४ खेलहरु हुने आयोजकले जनाएको छ ।
जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाका अनुसार आज पहिलो खेल धुनीबेसी युवा क्लव र न्यू स्टार युवा क्लव, दोस्रो खेल गलौदी युवा क्लव गजुरी र इन्द्राणी युवा क्लव आदमघाट, तेस्रो खेल भद्रकाली सामुदायीक समाज मलेखु र विद्यार्थी उपकार संघ धुवाँकोट नीलकण्ठ र चौंथो खेल गजुरी सामुदायीक विकास समाज गजुरी र पञ्चकन्या युवा क्लव बीच हुनेछन् ।
हिजो चौंथो दिनको पहिलो खेल धादिङ समाज धादिङ र गलौदी युवा समाज गजुरी भएको थियो यस खेलमा गलौदीको १ गोलको विरुद्ध धादिङ समाजले ४ गोल गर्दै विजयी भएको छ । यस्तै दोस्रो खेल अरुणदय युवा क्लव, आदमटार सिद्धलेक र ईन्द्राणी युवा क्लव आदमघाट बीच भएको थियो । यस खेलमा अरुणदयको १ गोलका विरुद्ध ईन्द्राणीले २ गोल गर्दै विजयी भएको थियो ।
