
धादिङ मंसिर ४ । एमालेले १० औं महादिवेशन चितवनमा मंसिर १० गते एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्दैछ । उक्त उद्घाटनमा धादिङका प्रत्येक वडाबाट झाँकी सहित कार्यकर्ता लैजाने तयारी एमाले धादिङले तयारी गरेको छ ।
धादिङका १०४ वटै वडाबाट १७ हजार कार्यकर्ता लैजान्छौ । जिल्ला सचिव अर्जुन गोर्खालीले धादिङपोष्टलाई बताए । यसकै तयारीको लागी शुक्रबार एमाले धादिङ बैठक पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न गरिएको र बैठकले धादिङ जिल्लाबाट २०० बसमा व्यानर सहित महादिवेशन उद्घाटन सभामा सहभागी हुने समेत नेता गोर्खालीलीले बताए ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनले योग्यहरुमध्येबाट योग्यतम नेतृत्व छान्ने बताएका छन् । ‘महाधिवेशनले एमाले भित्रका योग्यमध्यहरुबाट योग्यतम नेतृत्व छान्छ,’ शुक्रबार महाधिवेशन केन्द्रित भिडियो संवादमा पोखरेलले भने ।
पोखरेलले यो पटक लोकतान्त्रिक अभ्यासका नाममा प्यानलवद्ध चुनाव नहुने पनि बताए । ‘लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने नाममा नवौं महाधिवेशनमा विभाजनलाई संस्थागत गर्ने गरि तलदेखि माथिसम्म प्यालन बन्न दियौं,’ उनले भने, ‘यसले एमाले भित्र स्थायी रुपमै गुटबन्दीलाई संस्थागत गरिदियो । यो महाधिवेशनमा हाम्रो प्यानल बन्दैन । सूची बन्दैन ।’
उनले यसपाली प्यानल भन्दा ‘कलष्टर’का आधारमा प्रतिष्पर्धा भने हुनसक्ने बताए । ‘भोट के मा हाल्ने त भन्दा भोगोलिक क्षेत्र, जनजाती, दलितका छुट्दै कलष्टर छन्,’ पोखरेलले भने, ‘नेपालको संविधानकै आधारमा कलष्टर छुट्याएका छौं । कलष्टर छुट्याएपछि साथीहरुले त्यही अनुसार उम्मेदवारी दिनुहुन्छ ।’
एमालेमा विभिन्न पुस्तालाई संयोजनको खाँचो भएको उनको भनाइ छ । ४० वर्षसम्मको एउटा पुस्ता, ४०–६० वर्ष र ६० वर्षभन्दा माथिको पुस्तालाई एमालेले मिलाएर लैजाने बताए । पोखरेलले चितवनबाट एमालेले पार्टी सुदृढ र संगठित छ भन्ने सन्देश दिने पनि बताए ।