
धादिङ मंसिर ३ । नेपाली कांग्रेस धादिङका नेता भिम प्रसाद ढुङ्गाना समुहले आशन्न पार्टीको जिल्ला अधिवेश, संघ र प्रदेशको लागि मुख्य पदका आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको छ ।
रामनाथ समुहले केहि दिन अघि आफ्नो समुहको उम्मेदवारहरु सार्वजनिक गरेपछि भिम ढुङ्गाना समुहले पनि जिल्ला, संघ र प्रदेशका सभापति पदका उम्मेदवारहरु एक समारोहका बीच सार्वजनिक गरेको हो ।
जिल्ला अधिबेशनमा नेता भिम ढुङ्गाना र रामनाथ अधिकारी दुई जनाको उम्मेदवारी सभापति पदमा पर्ने सार्वजनिक भैसेको छ भने संघ र प्रदेशमा पनि यी दुई उम्मेदवारले प्यानल नै बनाएर अधिवेशनको तयारीमा जुटेका छन् ।
ढुङ्गाना समुहबाट प्रतिनिधि सभा क्षेत्र नं। १ को सभापतिमा रविसुदन थापा र प्रतिनिधि सभा क्षेत्र नं. २ मा दिपक कोइरालाले उम्मेदवारी दिने भएका छन् भने प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ मा श्याम रेग्मी र ‘ख’मा रामहरि कंडेल, प्रतिनिधि सभा २ को प्रदेश सभा ‘क’ मा ऋषि कुमार श्रेष्ठ र ‘ख’ मा रणबहादुर तामाङले सभापतिमा उम्मेदवारी दिने भएको छ ।
ढुंगानालाई पूर्व कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवाली, डा. राजाराम कार्कीको साथ छ भने अधिकारीलाई हालका जिल्ला सभापति रमेश धमला, बासु तिमल्सिना, भक्त लामा, विनोद तिमल्सिनाको साथ छ ।