सेमजोङमा पर्यटन मन्त्री प्रेम आलेद्वारा गुरु रिन्पोछेको मुर्ती अनावरण

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ३, २०७८

धादिङ मंसिर ३ । नेपाल सरकारका पर्यटन मन्त्री प्रेम बहादुर आले मगरले धादिङको नेत्रावती डबजोङ स्थित सेमजोङ र नुवाकोट जिल्लाको म्यागङ गाउँपलिकाको संगम स्थल वाका राहा गैरामा गुरु रिन्पोछेको मुर्ती अनावरण गरेका छन् ।

सेम्जोङ वाका स्थित २१५० मिटर उचाइमा निर्माण गरिएको गुरु रिम्पोछेको मुर्ती आज एक समारोहका बीच मन्त्री आलेमगरेले गैरामा गुरु रिन्पोछे मुर्ती अनावरण गरेका हुन् ।

नेपाल अहिंसाबादी बौध्द धर्म विश्व शन्ति चक्र संघ ज्यमपल दोर्जे डुबखाङ बौद्ध योगाश्राम ध्यान केन्द्रको आयोजनामा पबित्र बौद्ध तिर्थ बनाउने गुरु योजना अनुरुप ज्यम्पल गोम्बोमा गुरु रिन्पोछेको मुर्ती राखिएको जनाईएको छ ।

लगभग २५ लाखको खर्च अनुमान गरिएको यो मुर्ति निर्माण कार्यमा देश तथा बिदेशरहेका धादिङबासीहरुको सहयोग रहेको मुर्ति निर्माण समितिका संयोजक तथा समाजसेवी आदरणीय धनसुर वाइबा तामाङ ज्युले जानकारी दिए ।