
धादिङ मंसिर ३ । गजुरीको गलौंदी खेल मैदानमा मंसिर १ गते देखि जारी नवौं एन्फा लिग अन्तरगत आज भद्रकाली सामुदायीक विकास समाज ले खेल्दैछ । उपाधीको बलियो दावेदारको रुपमा हेरिएको भद्रकाली विगतको उपाधी रक्षाको दवावमा समेत छ ।
४ पटक जिल्ला लिग विजेता १ पटक उपबिजेता गरि ५ पटक फाइनल यात्रा तय गरिएको भद्रकालि यस प्रतियोगितामा आज पहिलो खेल पन्चकन्य युवा समाज सिम्ले सँग खेल्ने भएकाे हाे । धादिङबेसीको व्वाईज युनियन सँग एक खेल पराजित भै सकेको पन्चकन्यले आज २ बजे भद्रकाली सँग खेल्दै छ ।
भद्रकालीको टिम
विसम अधिकारी, दुर्गा गुरुङ, सुर्य लामा, अर्जु्न गुरुङ, दिपक मगर, अजय सिलवाल, भुवन बराम, विजय लामा, सुरज बराम,गणेश गुरुङ, रोशन मगर, प्रशान्त ठकुरी, कृष्ण परियार, सन्दिप परियार, सिद्धान्त मगर, विरेन्द्र तामाङ, आयुष तामाङ, समिर गुरुङ, राम आलेमगर, कुमार बराम, ताराबहादुर मगर, शैलेन्द्र लामा, आकाश मगर
जारी प्रतियोगिताको तेस्रो दिन पनि ४ खेल हुने छ । पहिलो खेल धुनीबेसी युवा क्लव धार्के र गलौंदी युवा समाज गजुरी, दोस्रो खेल अरुणदय युवा क्लव, आदमटार सिद्धलेक र न्यू स्टार युवा समाज थाक्रे, तेस्रो खेल व्वाईज यूनाईटेड धादिङबेसी र गजुरी सामुदायीक समाज गजुरी, चौथो खेल पञ्चकन्या युवा क्लव एक्लेफाँट, थाक्रे र भद्रकाली सामुदायीक समाज मलेखु बीच हु्नेछ ।