धादिङका सबै वडाको अधिबेशन मंसिर ४ मा हुन्छ -जमकट्टेल

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २, २०७८

धादिङ मंसिर ४ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धादिङका जिल्ला इन्चार्ज शालिकराम जमकट्टेलले धादिङका सबै वडाको अधिबेशन एकै दिन मंसिर ४ गते हुने बताएका छन् ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका माओवादी केन्द्र धादिङ इन्चार्ज जमकट्टेलले जिल्लाको सबै वडाहरुमा मंसिर ४ गते अधिवेश गर्न सम्पूर्ण तयारी सकिएको धादिङपोष्टलाई बताए ।

माओवादी केन्द्रले देशभर मंसिर ४ मा वडा, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलन गर्दैछ भने पुस ११–१३ मा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । र्टीको यस आन्तरिक निर्वाचनमा प्यानल बनाएर चुनाव जान नपाईने निर्णय गरिएको पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार वडा पदाधिकारीको उम्मेदवार बन्नेले १ सय रूपैयाँ शुल्क निर्वाचन समितिलाई तिनुपर्ने छ ।

वडा सदस्यको उम्मेदवारीका लागि ५० रूपैयाँ तोकिएको छ ।पालिका पदाधिकारीमा उम्मेदवारी दिनेले ५ सय र सदस्यकोको लागि ३ सय निर्धारण गरिएको छ । त्यस्तै प्रदेश पदाधिकारीले १ हजार र सदस्यले ५ सय रूपैयाँ तिनुपर्ने छ । टुटफुट र संसदीय राजनीतिको तितोमीठो अनुभव संगाल्दै यहाँसम्म आइपुगेको माओवादीले अब अधिवेशनमा सहमति हुन नसकेको ठाउँमा निर्वाचनबाट नेतृत्व चयन गरिने जनाएको छ ।