धादिङमा पौडेल पक्षले उम्मेदवार सार्वजनिक गरे सँगै युवा नेता दिपक कोईरालाको आक्रोस

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २, २०७८

धादिङ मंसर २ । धादिङमा रामचन्द्र पोडेल पक्षले जिल्ला सभापति सहित आफ्नो पक्षका उम्मेदवारहरु सार्वजनिक गरे सँगै युवा नेता दिपक कोईरालाले आक्रोस व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा लेख्दै आशन्न जिल्ला अधिवेशनको ब्यवस्थापन पक्ष पनि गुटगत गर्नेकुरा पार्टीका लागि घातक छ रहेको बताएका छन् ।

उनी लेख्छन्, प्रतिनिधि धादिङबेशीमा आउंदा कसरी आउने ? कुन होटलमा बस्ने ? कहाँ खाने ? पार्टीले संस्थागत ब्यवस्था गर्नुपर्दैन ? म सुन्दैछु जुन टिमको भोटर हो उहीँ टिमको नेताले बस, होटल र खानपानको ब्यवस्था गर्नु पर्ने रे । यस्तो गरेसी प्रतीनिधीलाई कति अप्ठेरो होला ? चुनाब लड्नेलाइ प्लेटको आधारमा भोट गन्नत सजिलो होला तर पार्टीको साझा छवि, एकता र भातृत्व कता पुग्ला ?

उनको फेसबुक स्टाटर जस्ताको तस्तै
नेपाली कांग्रेस धादिङको आशन्न जिल्ला अधिवेशनकाे ब्यवस्थापन पक्ष पनि गुटगत गर्नेकुरा पार्टीकालागि घातक छ । 2182 प्रतिनिधि धादिङबेशीमा आउंदा कसरी आउने ? कुन हाेटलमा बस्ने ? कहाँ खाने ? पार्टीले संस्थागत ब्यवस्था गर्नुपर्दैन ? म सुन्दैछु जुन टिमकाे भाेटर हाे उहीँ टिमकाे नेताले बस, हाेटल र खानपानकाे ब्यवस्था गर्नु पर्नेरे ! यस्ताे गरेसी प्रतीनिधीलाई कति अप्ठेराे हाेला ! चुनाब लड्नेलाइ प्लेटकाे आधारमा भाेट गन्नत सजिलाे हाेला तर पार्टीकाे साझा छवि, एकता र भातृत्व कता पुग्ला ? कुनै टिमकाे टीका निधारमा नदेखाइ गाउंबाट आउन, धादिवेशीकाे हाेटलमा बस्न र खानै नपाइने याे कस्ताे व्यवहार गर्न खाेजिएकाे ? तत्काल अधिवेशन ब्यवस्थापन समिति गठन गरि आयाेजना स्थल, बस, खाना र हाेटलकाे साझा ब्यवस्था गर्न नेपाली कांग्रेस धादिङ र सबै नेताहरूमा अनुराेध गर्दछु । यसकाे लागि जुनुसुकै जिम्मेवारी र यथासक्य आर्थिक श्राेत जुटाउन पनि प्रतिबद्धता ब्यक्त गर्दछु ।