
धादिङ कात्तिक ३० । विप्लव नेतृत्वको नेपाल कम्युनस्ट पार्टीले पेट्रोलियम, खाद्यान्न लगायत हरेक सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोध गर्दै भोलि मङ्गलबार नेपाल बन्दको आह्वान गरेको छ । नेपाल बन्दमा प्रेस, एम्बुलेन्स, कानुन व्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ ।
सबै गाडी, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना बन्द गरिने बन्द अवज्ञा नगर्न समेत नेकपा धादिङले जनाएको छ । बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जुलुस निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर विद्रोह गर्न बाध्य पारेको बताए । फाईल तस्वीर