नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पसद्वारा धादिङबेसीमा प्रदर्शन

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २८, २०७८

धादिङ कात्तिक २८ । नेपाली कांग्रेसकाे नेपाल विद्यार्थी संघले नीलकण्ठले आज धादिङबेसीमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिकाे विरुद्ध प्रदर्शन गरेकाे छ ।

धादिङबेसीको क्याम्पस चोक देखी पुछारबजार सम्म मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्नेे माग गर्दै नेविसंघले विराेध प्रदर्शन गरेकाे हाे ।

नेपाल आयल निगमले बुधबार राति पेट्रोल, डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ तथा खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि गरेको थियो । यो सहित निगमले एक महिनामै पेट्रोल, डिजेल र मट्टितेलमा ६ रुपैयाँ तथा ग्यासमा १२५ रुपैयाँ मूल्य बढाएको छ । यसकै विराेधमा विप्लव नेतृत्वको नेकपाले कात्तिक ३० गते नेपाल बन्दकाे घाेषणा गरेकाे छ । तस्बिर मनिशा लामिछाने