
धादिङ कात्तिक २७ । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । समितिमा धादिङबाट उपाध्यक्ष सहित ५ जना चयन भएका छन् ।
संगठनको बागमती प्रदेश इन्चार्ज समेत रहेका नवराज छत्कुली केन्द्रीय उपाध्यक्षमा र सुवास खतिवडा, सरिता श्रेष्ठ, राजाराम शर्मा र सुनिता सिंखडा संस्थापक केन्द्रिय सदस्यमा चएन भएका हुन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको प्रेस संगठन नेपालको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । जसको महासचिव भुपराज खड्का रहेका छन् ।
राष्ट्रिय भेलालाई संस्थापक नेता तथा सो संगठन आवद्ध केहि क्रियाशील पत्रकारले बहिस्कार गरेर बाहिरिएका थिए। विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन विसी, रामकुमार शाही, भवानी कार्की, तेजप्रसाद वाग्ले लगायतले बहिस्कार गरेर बाहिरएका थिए ।
