शालिकराम जमकट्टेल मन्त्री बन्दै, सपथ ग्रहण साँझ ५ बजे

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७८

धादिङ कात्तिक २५ । धादिङका प्रदेश सांसद शालिकराम जमकट्टेल बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । आजै साँझ ५ बजे सपथ ग्रहरणको कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना मन्त्रि थप्न लागेका हुन् जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामा रहेका छन् ।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका बनाई सकेका छन् ।