
धादिङ कात्तिक २५ । धादिङमा कात्तिक अन्तिम साता नवौं जिल्ला स्तरीय फुटबल नवौं लिग हुँदैछ ।यस प्रतियोगितामा एन्फामा मान्यता पाएका १२ क्लवहरुले खेल्न पाउने छन् । यहि प्रतियोगिताको लागि जिल्लाका फुटबल क्लवहरुले खेल अभ्यासलाई तिब्रता दिईरहेका छन् भने प्रतियोगितामा सहभागिताको लागि सहयोगीहरुको साथ पनि खोजि रहेका छन् ।
जिल्ला फुटबल संघ धादिङले कार्तिक २८ गतेबाट गर्न लागको उक्त जिल्ला लिगमा खेल्ने तयारी गरि रहको धादिङबेसी स्थित सितलबजारमा रहेको व्वाईज युनाईटेडलाई प्रकाशबाबु सिंखडाबाट ४० हजार बराबरको १८ सेट जर्सी सहयोग प्राप्त भएको व्वाईज युनाईटेडले जनाएको छ ।
जिल्ला फुटबल संघ धादिङले कात्तिक २४ गतेबाट प्रतियोगिता गराउने गरि तयारी गरेपनि प्राविधिक कारणले ४ दिन पछि सर्दै २८ गतेकाट हुने जनाएको छ । गजुरीको गलौंदी खेल मैदानमा हुने यस प्रतियोगितामा खेल्न पाउने भनेको यहि १२ टिमले मात्रै हो उनीहरु मध्य पनि कोही खेल्न इच्छुक नदेखिए जति टिम आउँछन् उनीहरु बीच प्रतियोगिता हुन्छ र विजेता टिम प्रदेश लिगका लागि छनोट हुने महासचिव रामहरि थापाले बताए बताए ।
धादिङमा नवौं जिल्ला लिग फुटबल खेल्न पाउने १२ क्लवहरु यी हुन् ।
१. विद्यार्थी उपकार संघ, धुवाँकाेट, नीलकण्ठ
२. व्याईज यूनाईटेड धादिङबेसी, नीलकण्ठ
३. धादिङ समाज धादिङ, धादिङबेसी नीलकण्ठ
४. भद्रकाली सामुदायीक विकास समाज, मलेखु, बेनीघाट रोरोङ
५. भद्रकाली स्पोटस्, मलेखु, बेनीघाट रोरोङ
६. गजुरी सामुदायीक विकास समाज, गजुरीबजार, गजुरीे
७. गलौंदी युवा क्लव, गलौंदी, गजुरी
८. इन्द्रेणी युवा क्लव, आदमघाट, गजुरी
९. अरुणदय युवा क्लव, आदमटार, सिद्धलेक
१०. पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे
११. न्यू स्टार युवा क्लव महादेबेसी, थाक्रे
१२. धुनीबेसी युवा क्लव, धार्के, धुनीबेसी
