एमाले धादिङमा महादिवेशन प्रतिनीधिका लागि उम्मेदवारी दर्ता जारी

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २४, २०७८

धादिङ कात्तिक २४ । नेकपा एमाले धादिङले २२ जना महादिवेशन प्रतिनीधिहरु छनोट प्रक्रिया सुरु गरेको छ । एमाले धादिङले आज महादिवेशन प्रतिनीधिहरु बन्न इच्छुक मापदण्ड पुगेका पार्टी सदस्यहरुलाई उम्मेदवारी दिन आव्हान गरे सँगै आज धादिङबेसी स्थित पार्टी कार्यालयमा उम्मेदवारी दर्ता सुरु भएको हो । ।

महादिवेशन प्रतिनीधि बन्न एमालेको विधानको दफा ६३ को उपदफा १ बमोजिम १० वर्ष संगठित सदस्य भएको, तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाती र अपाङ्गताहरुको हकमा ७ वर्ष संगठित सदस्य भएको हुनुपर्ने प्रवाधान अनुरुप आज उम्मेदवारी आव्हान भएको जिल्ला निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

२ हजार ८६० जना महिला सहित १३ हजार ००७ जना पार्टी सदस्य रहेको एमाले धादिङबाट खुल्ला तर्फ १४ जना, महिला २ जना र दलित २ जना गरी २२ जना माहादिवेशन प्रतिनीधि छनोट हुने बताईएको छ । बेलुका ४ बजे सम्म ५० जनाको उम्मेदवारी दर्ता भएको छ भने दर्ताको समय बेलुका ५ बजे सम्म रहेकाले उम्मेदवारी दिनेको संख्या अझै बढ्न सक्ने निर्वाचन परिचालन कमिटीले जनाएको छ ।