गजुरी पीडा माविका विद्यार्थीलाई छात्रबृद्धी प्रदान

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २३, २०७८

धादिङ कात्तिक २३ । गजुरी गाउँपालिका स्थित गजुरी पीडा माध्यामिक विद्यालयका ३० जना छात्र छात्राहरुलाई एक वर्षको लागि छात्रबृद्धी प्रदान गरिएको छ । आज रोटरी क्लव अफ धादिङ र पिण्डेश्वरी युवा क्लवको संयुक्त आयोजनामा उक्त छात्रबृत्ती प्रदान गरिएको हो ।

कक्षा १ देखि कक्षा १० सम्म पढ्ने जेहेन्दार तथा गरीव ३० जना विद्यार्थीलाई एक वर्षको लागि छात्रबृत्ती सहित स्कुल ब्याग र ड्रेस समेत वितरण गरिएको रोटरी क्लव अफ धादिङका अध्यक्ष भिम श्रेष्ठले बताए ।