धादिङमा मिस नेपाल नम्रता श्रेष्ठले बनाईन् झोलुङ्गे पुल

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २३, २०७८

धादिङ कात्तिक २३ । नेपालबाट ‘मिस वर्ल्ड’ मा छनोट नम्रता श्रेष्ठले नीलकण्ठ–२ आलेछिरिङ्गेको थोपलखोलामा झोलुङ्गे पुल निमार्ण गरिदिएकी छिन् । उक्त पलु सोमबार नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले नम्रता श्रेष्ठको समेत उपस्थितिमा उद्घाटन गरे । ‘मिस वर्ल्ड’ मा भाग लिन कुनै एक समाजिक कार्य गर्नुपर्ने आयोजकको नियमानुसार मिस नेपाल विजेता श्रेष्ठले साङकोस र बसाह जोड्ने झोलुङ्गे पुल ४० लाख मा निमार्ण गरेकी हुन् ।

उक्त पुल निर्माणमा द हिडेन ट्रेचर, एक्सन नेपाल, आइएमए फाउन्डेशन, नगरपालिका लगायत स्थानीय जनताहरुकोे सहयोग पाएको नम्रता श्रेष्ठले बताईन् । नीलकण्ठ नगरपालिकाको को वडा नम्बर २ आलेछिरिङ्गेको थोपल खोला माथि उक्त झोलुङ्गे पुल उद्घाटन गर्न विगत २७ वर्ष देखि मिस नेपालको आयोजना गर्दै आई रहेको The Hidden Treasure  का संचालक दिवाकरराज कर्णिकार र नम्रता धादिङ आएका थिए ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को ताज पहिरिएकी हुन् । यसपछि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको ढोका खुलेको नम्रताले सन् २०२०-२१ ‘मिस वर्ल्ड’ मा भाग लिने अवसर पाईन् । यस प्रतियोगितामा १३० देशका सुन्दरीहरुले भाग लिनेछन् । किन्डरगार्डेनको शिक्षिका समेत रहेकी नम्रता मिस वर्ल्डमा भाग लिन यहि १८ तारिकमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।