धादिङ कात्तिक २२ । कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेले आज विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । १०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए ।
पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४७ मत परेको छ । त्यस्तै २ मत तटस्थ देखिएको छ ।