धादिङमा कात्तिक २९ र ३० गते दोस्रो डोज खोप लगाईने

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २२, २०७८

धादिङ कात्तिक २२ । जिल्ला स्वास्थ्य कार्यालयले आगामी २९ र ३० गते दुई दिन कोरोना विरुद्धको दोस्रो डोज खोप लगाईने जनाएको छ । एक्ट्राजेनिका/कोभिशिल्ड र भेरासिलको पहिलो मात्रा लगाएर बसेका नागरिकलाई उक्त दुई दिन दोस्रो मात्रा लगाईने जनाईएको हो ।

स्वास्थ्य कार्यालयले धादिङका स्थानीय तहहरुलाई पत्राचार गर्दै उच्च मावि र क्याम्पसका विद्यार्थीहरुलाई भादौ ७ देखि ९ सम्म र भदौ २२ देखि २७ सम्म एस्ट्रजोनको पहिलो मात्रा दिईएको र असोज ६ र ७ गते १८ वर्ष माथिका नागरीकलाई भेरोसिल पहिलो मात्रा दिएकोले उल्लेखित पहिलो मात्रा खोप लगाएकालाई यहि २९ र ३० गते दोस्रो मात्राको खोप लगाईने जनाएको हो ।

यस्तै पत्रमा स्वास्थ्य कार्यालयले पहिले कुन खोप लगाएको हो कार्ड हेरेर समय र लगाएको खोप सुनिश्चित गरेर मात्रै दोस्रो खोप लगाउन, खोप पश्चात हुन सक्ने अवान्छित घटनालाई व्यवस्थापन गर्न सबै खोप टोली उड्रिनालिन इन्जेक्सन साथमा हुनुपर्ने समेत जनाएको छ ।