मिस नेपाल नम्रता श्रेष्ठ आफुले बनाएको झोलुङ्गे पुल उद्घाटन गर्न धादिङ आउने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २१, २०७८

धादिङ कात्तिक २१ । नेपालको प्रतिनीधित्व गर्दै ‘मिस वर्ल्ड’ मा प्रतिनिधित्व गर्न अमेरिका जाने तयारी गर्दै गर्दा मिस नेपाल विजेता नम्रता श्रेष्ठ भोली अर्थात कात्तिक २२ गते धादिङ आउने भएकी छिन् ।

‘मिस वर्ल्ड’ मा भाग लिन आयोजकले बनाएको नियम अनुसार प्रतियोगीहरुले आफ्नो देशमा कुनै एक समाजिक कार्य गर्नु पर्ने हुन्छ त्यहि नियम अनुसार नम्रताले नीलकण्ठ नगरपालिकाको साङ्कोस र बसाह जोङ्न करिव ४० लाख खर्च गरेर झोलोङ्गे पुल निमार्ण गरेकि छिन् । नीलकण्ठ नगरपालिकाको को वडा नम्बर २ आलेछिरिङ्गेको थोपल खोला माथि उक्त झोलुङ्गे पुल उद्घाटन गर्न विगत २७ वर्ष देखि मिस नेपालको आयोजना गर्दै आई रहेको The Hidden Treasure का संचालक दिवाकरराज कर्णिकार र नम्रता धादिङ आउन लागेका हुन् ।

काम सम्पन्न भै सकेको छ, भोली नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले उक्त पुल उद्घाटन गर्ने कार्यक्रम रहेको मिस नेपाल नम्रताले धादिङपोष्टलाई बताईन् । कक्षा तीनमा पढ्दै गर्दा विज्ञान पढाउने शिक्षकले भविष्यमा के बन्छौ भनेर सोध्दा उनले जुरुक्क उठेर जवाफमा भनेकी थिइन्, मिस नेपाल ।

सानो बेलादेखि नै मिस नेपालतिर उनको झुकाव बढ्न थाल्यो । कक्षा ८ र ९ देखि यसबारे थप जानकारी बटुल्न थालिन् । अन्ततः उनीले मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को ताज पहिरिएकी हुन् । यसपछि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको ढोका खुलेको नम्रताले सन् २०२०-२१ ‘मिस वर्ल्ड’ मा भाग लिने अवसर पाईन् ।

यस प्रतियोगितामा १३० देशका सुन्दरीहरुले भाग लिनेछन् । अहिले सम्म नेपालबाट ३ जनाले’मिस वर्ल्ड’ जिति सकेका छन् ।किन्डरगार्डेनको शिक्षिका समेत रहेकी नम्रता मिस वर्ल्डमा भाग लिन यहि १८ तारिकमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।