
धादिङ कात्तिक १९ । धादिङबेसीमा गत वर्षको तुलनामा यस वर्ष मखमली र सयपत्रीको मालाको ब्यापार बढेको व्यवापारीहरु बताउँछन् । धादिङबेसी पुछारबजार देखि सिरान बजार सम्म नै पसल पसलमा बेच्न राखिएका सयपत्री फुलको माला देख्न सकिन्छ भने मालाको ब्यापार बीचबजार चोकमा भने सडक पेटीमा राखेर स्थानीय किसानहरुले बेच्ने गरेका छन् ।
गत वर्ष ५० देखि ८० रुपैया सम्म बेचिएको माला यो वर्ष प्रतिगोटा १०० देखि १५० सम्ममा विक्रि भएको बीचबजारमा माला बेच्दै आएका व्यवसायीहरु बताउँछन् । आज भन्दा भोली भाईटिको दिन बिहान अझै मालाको व्यपार हुने आशामा रहेका बिचबजार सडक पेटीमा रहेका माला व्यापारीहरु बताउँछन् ।






























