
धादिङ कात्तिक १९ । जिल्ला फुटबल संघ धादिङले यहि कार्तिक २४ गते देखि गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा नवौं जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्न गहि रहेको छ । प्रतियोगितामा जिल्लाका १२ वटा क्लवले मात्रै भाग लिन पाउने फुटबल संघ धादिङका महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।
धादिङमा भोटिङ राईट भएका जिल्लाको छनोट लिग पार गरेका १२ वटा क्लवहरु छन् उनीहरुले कात्तिक २० गते भित्रमा टिम दर्ता गरे यो नवौं एन्फा लिग खेल्न पाउने छन् महासचिव थापाले बताए । यस प्रतियोगिताको लागि खेल्न पाउने भनेको यहि १२ टिमले मात्रै हो उनीहरु मध्य पनि कोही खेल्न इच्छुक नदेखिए जति टिम आउँछन् उनीहरु बीच प्रतियोगिता हुन्छ र विजेता टिम प्रदेश लिगका लागि छनोट हुने उनले बताए ।
धादिङमा नवौं जिल्ला लिग फुटबल खेल्न पाउने १२ क्लवहरु यी हुन् ।
१. विद्यार्थी उपकार संघ, धुवाँकाेट, नीलकण्ठ
२. व्याईज यूनाईटेड धादिङबेसी, नीलकण्ठ
३. धादिङ समाज धादिङ, धादिङबेसी नीलकण्ठ
४. भद्रकाली सामुदायीक विकास समाज, मलेखु, बेनीघाट रोरोङ
५. भद्रकाली स्पोटस्, मलेखु, बेनीघाट रोरोङ
६. गजुरी सामुदायीक विकास समाज, गजुरीबजार, गजुरीे
७. गलौंदी युवा क्लव, गलौंदी, गजुरी
८. इन्द्रेणी युवा क्लव, आदमघाट, गजुरी
९. अरुणदय युवा क्लव, आदमटार, सिद्धलेक
१०. पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे
११. न्यू स्टार युवा क्लव महादेबेसी, थाक्रे
१२. धुनीबेसी युवा क्लव, धार्के, धुनीबेसी
यी १२ क्लवहरुले मात्रै यस नवौं जिल्ला लिग खेल्न पाउने भएपनि धादिङका फुटबल खेलाडीहरु भने खेल्नबाट बन्चित हुने छैनन् । उनीहरुले यी क्लवहरुमा सम्पर्क गरी सी, बी, ए डिभिजन नखेलेका खेलाडीले जुन क्लवबाट पनि भाग लिन पाउने एन्फा धादिङले जनाएको छ । धादिङ जिल्ला फुटबल संघले कार्तिक २० गते अपराहन्न ४ बजेसम्म टिम दर्ता गर्न सम्बन्धित क्लवहरुलाई सूचना जारी गरिसकेको छ।