
धादिङ । नेकपा (माओवादी केन्द्र) को युवा संघगठन वाईसीएलले गत भदौमा निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको छ । वाईसीएललले झण्डै तीन महिनापछि उनीहरुको कार्यविभाजन गरेको हो । वाईसीएलले सातै प्रदेशका इन्चार्ज तोकेको छ । त्यस्तै १७ विभाग र दुई आयोग प्रमुख, जिल्ला इन्चार्ज, सह इन्चार्ज र संयोजक समेत तोकिएको हो ।
धादिङका चन्द्रबहादुर सिलवालले बागमती प्रदेशको जिम्मेवारी सँगै धादिङ जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन् भने जिल्ला संयोजाकको जिम्मेवारी यस अघि संयोजक रहेको राजाराम रिजालले नै फेरि निरन्तरता पाएका छन् । यस्तै धादिङका अर्का वाईसीयल नेता शंकर आचार्यले कार्यक्षेत्र कार्यालय रहने जिम्मेवारी पाएका छन् ।






























