धादिङमा बेलुका साढें ८ बजे सम्म मात्रै देउसी खेल्न पाईने

Avatar photo
Dhadingpost
कार्तिक १७, २०७८

धादिङ कात्तिक १७ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै तिहारमा बेलुका साढें ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने जनाएको छ । प्रशाशनले आज एक सूचना जारी गर्दै कोभिड १९ संक्रमणलाई मध्यनजर गदै सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पूर्ण पालना गरी देउसी भैलो, नाचगान लगायतका कार्यहरु राती ८ः३० बजे सम्म मात्रै सभ्य एवं शान्तिपूर्ण ढंगले गर्ने र यस्ता कार्यक्रमहरु गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्न नपाईने जनाएको हो ।