
धादिङ कात्तिक १७ । नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष नवराज छत्कुली नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपालको बागमती प्रदेश ईन्चार्जमा चयन भएका छन् ।
समाजवादी प्रेस संगठन नेपालको बागमती प्रदेश सह इन्चार्जहरू राजन दाहाल मकवानपुर, मधुकर लुइँटेल काठमाडौं, मोहन रिजाल दोलखा, प्रदेशमा संयोजक ध्रुव रायमाझी काभ्रे र सचिवमा भोला पौडेल नुवाकोट चयन भएका छन् ।































