
धादिङ कात्तिक १५ । धादिङको राजमार्ग क्षेत्रको विभिन्न ठाउँहरुमा पुर्व प्रधानमन्त्री एबम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमाले धादिङका नेता तथा कार्यकर्ता र स्थानीयले स्वागत गरेका छन् ।
काठमाडौंबाट चितवन जानेक्रममा धादिङकोधुनिबेसी, महादेबबेसी, गल्छी, आदमघाट, गजुरी मलेखु लगायतका स्थानहरुमा अध्यक्ष ओलीलाई उनीहरुले भव्य स्वागत गरेका हुन् । यो स्वागतलाई धादिङका कतिपय मिडियाहरुले धादिङमा केपि ओलीको क्रेज भनेर समेत समाचारहरु बनाएका छन् ।
धादिङमा स्वागत ग्रहण गरि हिडेका ओलीले नारायणगढ मुग्लिन सडकखण्ड स्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गरेका थिए । एमाले केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गरि भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्ने कार्यक्रमका लागि ओली आज चितवन गएका हुन् ।








































