
धादिङ कात्तिक १५ । नेकपा एमाले धादिङले १० वटा पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ भने अन्य तीन पालिका मध्य १७ गते ज्वालामुखि र थाँक्रे र गल्छीको २७ गते सम्पन्न हुने बताईएको छ ।
अधिवेशनले नीलकण्ठ नगरपालिकाको अध्यक्षमा हरि बहादुर श्रेष्ठ, धुनीबेसी नगरपालिकाको अध्यक्षमा रामराजा पाण्डे, गजुरी गाउँपालिकाको अध्यक्षमा माधव भण्डारी, रुबिभ्याली गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर तामाङ, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा रमेश कुमार भट्टराई, गङ्गाजमुना गाउँपालिकाको अध्यक्षमा भक्त बहादुर लामिछाने चयन गरेको छ ।
यस्तै नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षमा सुवर्ण रिमाल, खनियाबास गाउँपालिकाको अध्यक्षमा पन्थ तामाङ र सिद्धलेक गाउँपालिकाको अध्यक्ष कमला शर्मा (अधिकारी) र त्रिपुरासुन्दरी गाउँपालिकामा बाबुकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । धादिङमा हाल सम्म सम्पन्न १० पालिकाको अधिबेशन मध्य सिद्धलेकमा मात्रै महिला नेतृव चयन भएको छ । वडा तह र पालिका तहमा नै महिलाको उपस्थिति कम देखिएको छ ।








































