
धादिङ कात्तिक १२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित विशालटारमा जारी जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा अन्तराष्ट्रिय धादिङ समाज ब्राण्डिङ पाट्नरको रुपमा रहेको आयोजकले जनाएको छ । विश्वभर छरिएर रहेका धादिङबासीहरुको साझा सामाजिक संस्था अन्तराष्ट्रिय धादिङ समाज जिल्ला क्रिकेट संघ धादिङले आयोजना गरेको यस प्रतियोगितामा ब्राण्डिङ पाट्नरको रुपमा रहेको संघका उपाध्यक्ष नारायण सिलवालले बताएका हुन् ।
धादिङमा जहाँ विपत्ती र असाह्य, त्यहाँ अन्तराष्ट्रिय धादिङ समाज भन्ने एउटा ब्राण्ड बनेको यस समाजले खेलकुद क्षेत्रमा यो पहिलो सहयोग गरेको हो । विश्वभर नेपाली क्रिकेटको उचाईको चर्चा हुँदै गर्दा धादिङमा क्रिकेटको विकास हुन सकिरहेको रहेको छैन अब सबैको साथ र सहयोगबाट धादिङको क्रिकेट विकासलाई अगाडी बढाउनु पर्ने समेत समाजका अध्यक्ष राजन खकुराल बताउँछन् । यस्तै समाजका महासचिव राजेन्द्र श्रेष्ठले जिल्ला स्तरिय टि-ट्वान्टी प्रतियोगिताको प्रथम पुरस्कार १ लाख समाजले सहयोग गर्ने गरि ब्राण्डिङ पाट्नरका रुपमा आयोजक सँग सहमती भएको बताए ।








































