धादिङ असोज ११ । जिल्ला क्रिकेट संघ धादिङको आयोजनामा बेनीघाट रोराङ गाउँपालिकाको विशालटारमा भएको आजबाट सुरुभएको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा आज कारुट्रष्ट र गजुरीले विजय सुरुवात गरेका छन् । पहिलो खेलमा समूह एमा रहेको कारु मेमोरियल ट्रस्टले हाम्रो जनहित युवा समाज माथि ३१ रनको जित हात पारेको थियो ।
विशालटारको खेल मैदानमा टस जितेर हाम्रो जनहित युवा समाजलाले कारु मेमोरियल ट्रस्टलाई ब्याटिङको निम्तो दिएको थियो। हाम्रो जनहित युवा समाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन जोडेको थियो । ओपनिङ ब्याटर आशिष मियाले ३४ बलमा ४ चौका र र २ छक्काको मद्दतले ४४ रन जोडे भने सचिन श्रेष्ठले १० बाहेक अन्य खेलाडीले खासै दोहोरो अङ्क जोड्न सकेनन् ।
हाम्रो जनहित युवा समाजको बलिङ तर्फ रबिन त्रिपठीले ४ ओभरमा १९ रन खर्चिदै २ विकेट हात पारे भने किशोर त्रिपाठीले ४ ओभरमा २५ रन ३ विकेट लिए । १२२ रनको सामान्य लक्ष्य पछ्याउने मैदान प्रवेश गरेको हाम्रो जनहित युवा समाजले २०ओभरमा ९ विकेट गुमाउँदै मात्र ९० रन जोड्यो । टोलीका लागि सविन त्रिपाठीले १४ बलमा ४ रन जोडे । साथै रमेश मगरले १२ बलमा ७ रन जोडे। अन्य ब्याटरले भने रन जोड्न सकेनन् । कारु मेमोरियल ट्रस्टबाट कौशल रूपाकोटले ४ ओभरमा २ मेडन राख्दै ६ रन खर्चिएर ४ विकेट हात पारे। साथै अमृत लम्सालले ५ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिएका थिए ।
यस्तै आज भएको अन्तिम अर्थात दास्रो खेलमा गजुरी सामुदायिक विकास समाजले धादिङ समाज धादिङ बिरुद्ध ६२ रनको विशाल जीत हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पाएको गजुरी सामुदायिक विकास समाजले निर्धारित २० ओभरमा १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
टोलीका लागि ओपनर ब्याटर सुजित खतिवडाले २२ बलमा २३ तथा अर्का ओपनर सानु घलेले २३ बलमा २२ रन जोडे। साथै माथिलो क्रमका ब्याटर उज्वल थापाले आक्रामक पारी खेल्दै टोलीलाई बिशाल लक्ष्य तर्फ डोर्याएका थिए । उज्वलले ३८ बलमा ६ चौका र ९ छक्काको मद्दतमा ९१ रनको आजीबित पारी खेले।अन्य ब्याटरले भने दोस्रो अंक जोड्न सकेनन्।
धादिङ समाज धादिङको बलिङ तर्फ अनिल तामाङले ४ ओभरमा ४३ रन खर्चिएर २ विकेट हात पारे भने सुजित श्रेष्ठ र सुमित श्रेष्ठले सम्मान १–१ विकेट हात पारे। १९३ रनको विशाल लक्ष्य हालिस गर्ने मैदान उत्रिएको धादिङ क्रिकेट धादिङले निर्धारित २० ओभरमा मात्रै रन जोड्यो। टोलीका लागि सुजित श्रेष्ठले २५ बलमा १५ रन जोडे भने सागर पाण्डेले १२ बलमा १९ रन जोडे। गजुरी सामुदायिक विकास समाजको बलिङ तर्फ उज्वल थापाले ३ ओभरमा १८ रन दिँदै ३ विकेट हात पारे भने सन्देश सापकोटाले ४ ओभरमा २९ रन दिँदै ३ विकेट लिए। यस्तै प्रदीप गिरीले १ साथै सानु घलेले २ विकेट लिए।