राजेन्द्र पाण्डेद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी प्रस्तुत

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ११, २०७८

धादिङ कात्तिक ११ । धादिङबाट प्रदेश संसाद राजेन्द्र प्रसाद पाण्डेले बुधबार अष्टलक्ष्मी शाक्यले राजिनामा दिए लग्गतै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।

पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माद्वारा नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण भएअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले दाबी पत्र दर्ता गराएका हुन् । आजै ३ बजे पछि पाण्डे मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ ।