एमाले धादिङको पालिका अधिवेशन कहाँ के भयो ?

Avatar photo
Dhadingpost
कार्तिक १०, २०७८

धादिङ कार्तिक १० । नेकपा एमालेले मंगलबार देशभरका सबै पालिकाम अधिवेशनको सुरुवात गर्यो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गरेका थिए । धादिङमा पनि दुई नगरपालिका सहित ११ पालिकामा ९७५ जनालाई नयाँ जिम्मेवारी दिने गरि अधिबेशन सुरुभएको एमाले धादिङले जनाएको छ ।

धादिङमा सबै पालिकामा निर्विरोध कार्य समिति चयन गर्ने दावी गरेको नेकपा एमाले धादिङले मंगलबार ४ वटा पालिकामा मात्रै निर्विरोध कार्य समिति छनोट गर्न सकेको छ, भने यस बाहेक नीलकण्ठ नगरपालिकामा अध्यक्ष, सचिव र सदस्यनिर्विरोध भए भने उपाध्यक्ष र उप सचिवमा आज निर्वाचन हुने जनाईएको छ ।

एमाले धादिङको यस्तो छ पालिका अधिवेशन गतिविधि
गंगाजमुना गाउँपालिकामा निर्विरोध
अध्यक्ष: भक्त वहादुर लामिछाने
उपाध्यक्ष: रामचन्द्र श्रेष्ठ
सचिव: एन्जिला तामाङ
उप सचिव: जीतवहादुर सिंखडा
उप सचिव: प्रेम घले
सहित ७५ जना निर्विरोध निर्वाचित

बेनिघाट रोराङ गाउँपालिकामा निर्विरोध
अध्यक्ष: रमेश भट्राई
उपाध्यक्ष: विष्णु थापा
सचिव: भुवन त्रिपाठी
उप सचिव: मन्दिरा श्रेष्ठ
उप सचिव: तुलाकुमारी आले मगर
सहित ७५ जना निर्विरोध निर्वाचित

गजुरी गाउँपालिकामा निर्विरोध
अध्यक्ष: माधव भण्डारी
उपाध्यक्ष: भगवती अधिकारी खतिवडा
सचिव: वसन्त दुवाडी
उपसचिव: कौसिला सिलवाल
सहित ७५ जना निर्विरोध निर्वाचित

रुवीभ्याली गाउँपालिकामा निर्विरोध
अध्यक्ष: प्रेम तामाङ
उपाध्यक्ष: नरमान तामाङ
सचिव: पुरन तामाङ
उप सचिव: विच तामाङ
उप सचिव: रविनामाया तामाङ
सहित ७५ जना निर्विरोध निर्वाचित

नीलकण्ठ नगरपालिकामा निर्विरोध
अध्यक्ष: हरीवहादुर श्रेष्ठ
सचिव: वेगवहादुर सुनार
सदस्य सबै पद निर्विरोध निर्वाचित
उपाध्यक्ष र उपसचिव निर्वाचन भोली विहान ११ बजे

नेत्रावती गाउँपालिका प्रकृया भईरहेको
धुनिवेसी नगरपालिका: आज विहान १० बजे बन्द शत्र
ज्वालामुखि गाउँपालिका: १७ गते निर्वाचन कार्यक्रम
सिद्दलेक गाउँपालिका: आज बन्द शत्र
थाक्रे गाउँपालिका: २७ गते अधिवेशन
गल्छी गाउँपालिका: २७ गते अधिवेशन
त्रिपुरासुन्दरी गाउँपालिका: १३ गते अधिवेशन