कांग्रेस धादिङका नेता जोमसाइ घलेको हृदयघातका कारण निधन

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ८, २०७८

धादिङ कार्तिक ८ । नेपाली कांग्रेस धादिङका नेता तथा पूर्वजिल्ला सदस्य जोमसाइ घलेको धादिङको सुदूर उत्तरवर्ती रुबीभ्याली गाउँपालिका, वडा नं. २, तिप्लिङमा आज सोमबार बिहान हृदयघातका कारण निधन भएको छ ।

आईतबार बेलुका ८:०० बजे उच्च रक्तचापले निकै असहज बनाएपछि तिप्लिङ स्वास्थ्यचौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदाहुँदै हृदयघात कारण ६५ वर्षिय घलेकाे निधन भएको हो ।

स्वर्गीय घले नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं. २ धादिङका क्षेत्रीय सदस्य एवम् नेपाल विद्यार्थी संघ, धादिङका पूर्वसचिव डेविड घलेका पिता हुन् ।

उनकाे निधनले नेपाली कांग्रेसले आफ्नो पार्टीको संगठन र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको तथा कुशल संगठक र इमान्दार एवम् अनुभवी नेता गुमाएको नेपाली कांग्रेस धादिङका जिल्ला सदस्य विकास श्रेष्ठले बताए ।