कांग्रेस अधिबेसनमा जानुकाे विकल्प छैन -शेखर काेईराला

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ७, २०७८

धादिङ कार्तिक ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् । मात्रृशोकमा रहेका नेपाली कांग्रेस धादिङका पुर्वसभापति रामनाथ अधिकारीलाई समवेदना प्रकट गर्न दर्जन भन्दा बढी नेता सहित धादिङ आएका काेईरालाले कांग्रेस अधिवेशनमा हाेमिई सकेकाे र नेताहरु अधिवेशन केन्द्रित हुनु पर्ने बताएका हुन् ।

प्रेस युनियन धादिङद्धारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा.कोइरालाले पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको भन्दै तत्काल क्रियाशील सदस्यताको समस्या समाधानमा पार्टी नेतृत्व लाग्न नसकेकाे समेत बताए । पदाधिकारी र पूर्वपदाधिकारीहरूमा महाधिवेशनको टुङ्गो लगाउने इच्छाशक्ति नदेखिएको आरोप समेत उनले लगाए ।
पत्रकार सम्मेलनमा नेपाली कोइराला सहित डा. चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरु: अमरसिंह पुन- रोल्पा, मधु आचार्य- काभ्रे, जितनारायण श्रेष्ठ- चितवन, रमेश धमला- धादिङ, कांग्रेस सिन्धुलीका पुर्वसभापति, मोहन बराल, चितवन कांग्रेसका पुर्वसभापति टेकप्रसाद गुरुङ लगायत सहभागी थिए ।