बेनीघाट राेराङद्वारा दुई क्लवलाई २ लाखकाे क्रीकेट खेल सामाग्री प्रदान

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ७, २०७८

धादिङ कार्तिक ७ । धादिङ जिल्ला क्रीकेट संघले आयाेजना गर्ने जिल्ला स्तरीय क्रीकेट प्रतियाेगिताकाे मिति नजिकदै गर्दा बेनिघाट राेराङका दुई क्लवले खेल सामाग्री सहयाेग स्वरुप प्राप्त गरेका छन् ।

बेनीघाट राेराङ गाउँपालिकाले हाईवे स्पाेट्स क्लव र चराैदी सुधार समाजलाई २ लाख बराबरकाे क्रीकेट खेल सामाग्री प्रदान गरेकाे हाे । उनीहरुलाई पालिका अध्यक्ष पित्त बहादुर डल्लाकाेटी (हरि) र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराईले आज क्लवका अध्यक्षलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा यहि मिति २०७८ कार्तिक ११ बाट हुन अन्तर क्लव स्तरिय T-20 क्रिकेट प्रतियोगिता हुदैछ ।