शेखर कोईराला र गगन थापा सहित दर्जन कांग्रेस नेताहरु आज धादिङ आउँदै

Avatar photo
Dhadingpost
कार्तिक ७, २०७८

धादिङ कार्तिक ७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहित दर्जन नेताहरु आज धादिङबेसी आउने भएका छन् । मात्रृशोकमा रहेका नेपाली कांग्रेस धादिङका पुर्वसभापति रामनाथ अधिकारीलाई समवेदना प्रकट उनीहरु आज धादिङबेसी भएका हुन् ।

रामनाथ अधिकारी सँगको भेट पछि प्रेस युनियन धादिङले धादिङबेसीमा आयोजना गर्ने पत्रकार सम्मेलनमा नेता सहभागि हुने कार्यक्रम रहेको दिनेशचन्द्र थपलियाले धादिङपोष्टलाई बताए ।

आज धादिङबेसी आउने कांग्रेस नेताहरुमा डा. शेखर कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, गुरु घिमिरे, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरु अमरसिंह पुन, रोल्पा, दिपकजंग शाह जाजरकोट, मधु आचार्य काभ्रे, सिन्धुलीका पुर्वसभापति मोहन बराल, नेपाल शिक्षक संघका पुर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली र मकवानपुर नेतृ उमा दाहाल रहेका छन् ।