धादिङमा एमालेको वडा अधिवेशनः ३ हजार २२४ ले नयाँ जिम्मेवारी पाए

Avatar photo
Dhadingpost
कार्तिक ६, २०७८

धादिङ कार्तिक ६ ।नेकपा एमाले धादिङको वडा अधिवेशनबाट ३ हजार २२४ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाएका छन् ।

दुई नगरपालिका सहित ११ गाउँपालिकाका १०४ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन पाएका हुन् । जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व चयन गरिएको नेकपा एमाले धादिङका सचिव अर्जुन गोर्खालीले धादिङपोष्टलाई बताए । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा किरण पाठक चयन उनी सँगै उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिव गणेश श्रेष्ठ, सह–सचिव कल्याण तामाङ र सन्तोषी श्रेष्ठ चयन भएका छन् ।

वडा अधिवेशन सकिए सँगै आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।