एमालेले देशैभर आज वडा अधिबेशन गर्दै

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ६, २०७८

धादिङ कार्तिक ६ । नेकपा एमालेले आज (कात्तिक ६ गते) देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ । देशका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागेको हो ।

धादिङमा १०४ वटा वाड माध्य गंगजमुना ६ मा हिजै वडा अधिवेशन सम्पन्न भएकोले अन्य वडाहरुमा अधिवेशन आज हुने एमाले धादिङले जनाएको छ । दशभरहुने वडा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा उद्घाटन गर्ने एमालेले जनाएको छ ।

एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ । सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो । एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ ।