कल्पना धमला माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा चयन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ५, २०७८

धादिङ कार्तिक ५ । नेकपा (माओवादी केन्द्र) ले ३३ वटा विभाग गठन गर्दा एउटा विभागको नेतृत्व धादिङको नेतृ कल्पना धमलाले पाएकी छिन् । नेतृ धमलाले माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी पाएकी हुन् ।

डा बाबुराम भट्टराई माओवादी केन्द्रबाट अलग भई नयाँ शक्ति पार्टी खोल्दा धमला भट्टराई नेतृत्वकै पार्टीमा लागेकी थिईन । तर नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरमसंग मिसिएपछि उनी तत्कालिन नेकपामा प्रवेश गरेकी थिईन । पूर्व विज्ञान तथा प्रविधि मन्त्री धमलाले सर्वोच्च अदालतले नेकपाबाट एमाले र माओवादीलाई पूर्वगत अवस्थामा पुर्याईदिए पछि माओवादी केन्द्र रोजेकी थिईन् ।