
धादिङ कार्तिक ४ । एमाले नेतृ अष्टलक्ष्मी शाक्य अल्पमतमा परे सँगै बागमती प्रदेशको मुख्य मन्त्रीमा राजेन्द्र पाण्डे बन्ने चर्चा सँगै काँग्रेस बागमती प्रदेशले विरोध जनाए सँगै आधा(आधा समय मुख्य मन्त्री लिने यी दुई दलले समहती गरेका छन् ।
गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्ने भएका हुन् ।
‘गठबन्धनका शीर्ष नेताहरुबीच काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको र सोहीअनुसार अघि बढ्ने तयारी छ’, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिए ।








































