कांग्रेस संवैधानिक संकटमा छ -रामचन्द्र पौडेल

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७८

धादिङबेसी कार्तिक २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेस संवैधानिक संकटमा रहेको उक्त संकट पार गर्न महाधिवेशनमा होमिएको बताएका छन् । धादिङबेसी स्थित वीपी स्मृति प्रतिष्ठानमा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसको अधिवेशन सम्पन्न नभए सम्म देशमा अरु निर्वाचन नहुने समेत बताए ।

‘कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका लागि सदैव लडिरहन्छ,’। ‘कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।’ पार्टीको अधिवेशन जसरी मंसिरमा गर्नु छ गर्छौ, नेता पौडेलले भने ।

धादिङका पूर्व सभापति रामनाथ अधिकारीको आमाको निधन प्रति श्रद्धाञ्जली अर्पण सँगै परिवारजनमा समवेदना दिन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला धादिङ आएका हुन् ।