धादिङ कार्तिक २ । धादिङमा असोज ७, ८, १० र ११ गते कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोज खोप कार्तिक ४ र ५ गते लगाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका सबै स्थानीय तहमा यो दुई दिन पूर्ववत खोप केन्द्रहरुमा खोप लगाईने हुँदा स्वास्थ्य मापदण्ड पुरा गरि खोप लगाउन आउन स्वास्थ्य कार्यालयले सूचना समेत जारी गरेको छ ।