
काठमाडौं कार्तिक १ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलसम्म पुगेर उपविजेता बन्दै फर्किएको खेलाडीलाई नेपाल सरकारले जनही ५५ लाख दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरूलाई पाँचरपाँच लाख र प्रशिक्षकहरूलाई तीनरतीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित हुन पुगेको थियो ।







































