कांग्रेस नेता रामचन्द्र पौडेल भोली धादिङबेसी आउने

Avatar photo
Dhadingpost
कार्तिक १, २०७८

धादिङ कार्तिक १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र नेता भोली (कार्तिक २ गते) धादिङबेसी आउने कार्यक्रम रहेको नेपाली कांग्रेस धादिङले जनाएको छ । नेपाली कांग्रेस धादिङका पूर्वसभापति एवम् पूर्व सांसद रामनाथ अधिकारीका आमाको निधन भएकोले श्रद्धाञ्जली अर्पण गर्न पौडेल धादिङबेसी आउन लागेका हुन् । श्रद्धाञ्जली कार्यक्रम पछि पौडेलले धादिङका नेता तथा कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको बताईएको छ ।

रामनाथ अधिकारीको आमा टिकादेवी अधिकारीको ८२ वर्षको उमेरमा २०७८ असोज २८ गते दु:खद निधन भएको थियो । पौडेल भोली रामनाथ अधिकारी र आफन्तजनमा समवेदना प्रकट तथा मृतक प्रति श्रद्धाञ्जली दिन नीलकण्ठ नगरपालिका वडा न. ७, तल्लोवेसी जाने छन् ।