धादिङको भैरवी मन्दिरमा आन्तरिक पर्यटकहरु बढ्दो

Avatar photo
पुजा थापा
बिहिबार, अशोज २८, २०७८

धादिङ असोज २८ । धादिङबेसी सदरमुकाबाट १० किलो मिटरको दुरीमा रहेको भैरवी मन्दिर परिषरमा यो दशैमा आन्तररिक पर्यटकहरुको आगागमन बढेको छ । यो दशैं विदा र फुर्सदको सदुपयोग सँगै पुजाआजाका लागि भैरवी मन्दिरमा आन्तरिक पर्यटकहरु आउने गरेका हुन् ।

केहि दिन पहिला राष्ट्रिय स्तरका १५ जना फोटो पत्रकारहरुले निर्माणाधिन भैरवि मन्दिरको फोटो कैद गरि यस मन्दिरबारे राष्ट्रिय मिडियाबाट प्रकाशित गरे सँगै यस मन्दिरमा आन्तरिक पर्यटकहरुको आगागमन बढेको हो । एक पटक पुग्नै पर्ने ठाउँ भैरवी मन्दिर १५ करोड भन्दा बढी लागतमा पुनरनिमार्ण हुँदैछ । मन्दिरकोे आसपासको हरियाली र मन्दिर रहेको थुम्कोबाट देखिने हिमदृष्य सबैको म लोभ्याउने खालको रहको हुँदा पनि याहाँ आन्तरिक पर्यटकहरु बाक्लो उपस्थिति हुन थालेको हो ।

विक्रम संवत २०३३ साल अगाडी धादिङको जिल्ला सदरमुकाम रहेको सुनौलाबजारमा रहेको यस मन्दिर भैरवी मन्दिरको ऐतिहासिक महत्व के छ भनेर पत्ता खोज गर्न कठिन भएपनि स्थानीय जानकारहरुको भनाई अनुसार धार्मिक मान्यता यस्तो छ । भगवान भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अबस्थामा मासु खान मन लागेपछि मासु लिनको लागी भैरव बाघको रुप धारण गरेर जङगलमा गएर शिकार गरि मासु ल्याउँदाखेरी सुङ्गुरको मासु लिएर आयो त्यो कुरा भैरवीले देखी सकेपछि उ डराएर त्यहाँ घोप्टो परेर बसिन् र उसलाई भित्र पस्न दिएन त्यसपछि भैरव बाहिर गएर बसेको भन्ने किम्बदन्तीहरु छन् । त्यसैले अहिले पनि त्यहाँ दुईवटा मन्दिर छ एउटा माई भैरवीको मन्दिर अर्को भैरवको मन्दिर । तस्वीरः विनोद रिजाल