धादिङ असोज २५ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रिय कमिटीले पूर्णता पाएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिएर सोमबार जारी गरिएको अनेरास्ववियुको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ ।
अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् भने महासचिव समिक बडाल छन् । त्यस्तै ५३४ जनाको केन्द्रीय कमिटी बनाइएको छ । असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो । अखिलको २३ औं महाधिवेशन चैत २२ देखि २४ गतेलाई तोकिएको छ ।
धादिङबाट को को परे कन्द्रिय कमिटीमा
स्थायी कमिटीमा
१. सन्तोष राना क्षेत्री, धुनीबेसी (बागमती प्रदेशको अध्यक्ष समेत)
२. संजय दुवाडी, ज्वालामुखी
३. सजिना मगर, खनीयाबास
४. किरण सापकोटा, खनीयाबास
सचिवलयमा
१. सुधिर विसुराल, बेनीघाट रोराङ
केन्द्रीय सदस्यमा
१. भुवन श्रेष्ठ, धुनीबेसी (जिल्ला अध्यक्ष समेत)
२.नविन्द्र चालिसे, गल्छी
३. संगीता रेग्मी, धुनीबेसी
४. संगीता कडेरिया, नीलकण्ठ