नीलकण्ठका १६६ जना शिक्षकलाई ल्यापटप वितरण

Avatar photo
Dhadingpost
सोमवार, अशोज २५, २०७८

धादिङ असोज २५ । धादिङको नीलकण्ठ नगरपालिकाले प्रविधिमैत्री शिक्षाको लागि भन्दै आईतबार कक्षा ६ देखि १२ सम्म चलेको विद्यालयका १६६ जना शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ ।

नगरपालिकाको ५० प्रतिशद अनुदान रहेको उक्त ल्यापटप आईतबार मेयर भिम प्रसाद ढुङ्गानाले हस्तान्तरण गरेका हुन् । नीलकण्ठ नगरपालिका स्मार्ट सिटी बन्न द्रुत गतिमा विकास र सुचना प्रविधि अगाडी बढी सकेको दावी गरेका छन् । किताबमा आधारित भएर भन्दा पनि नवितम् कुराहरु खोज गरेर विद्यार्थीहरुलाई सिक्नको लागि उत्प्रेरित गर्ने उद्धेश्यले ल्यापटप मेयर ढुंगानाले बताए । भौतिक संरचनाको विकासले मात्रै नपुग्ने र उच्चतम प्रविधिको विकासले मात्रै अन्तराष्ट्रिय स्तरको सिकाई प्रदान गर्न सकिने सोच अनुरुप प्रविधि हस्तान्तरण कार्य नीलकण्ठले जारी राखेको समेत उनले बताए ।

आईतबार १६६ जना शिक्षकलाई ल्यापटप वितरण गरिए पनि नगर क्षेत्रका ९० वटा सामुदायिक विद्यालयका ४ सय भन्दा बढी शिक्षकहरुलाई ल्यापटप वितरण गर्ने लक्ष्य राखिएको नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोईरालाले बताए ।