धादिङ असोज २४ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको धादिङ काठमाण्डौँ सम्पर्क मन्चको अध्यक्षमा विजय श्रेष्ठ चयन भएका छन् । काठमौं स्थित शिखर पार्टी प्यालेसमा केन्द्रीय समितिका नेता गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा भएको भेला तथा शुभकामना कार्यक्रम बाट श्रेष्ठ मञ्चको अध्यक्ष चयन भएका हुन् । भेलाले उपाध्यक्षमा रेशम तामाङ, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा डम्बर भारती र कोषाध्यक्षमा ठाकुर थापा लगायत ५६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य विजय गुरुङ, संविधान सभा सदस्य गुरु बुर्लाकोटी लगायतका नेताहरुको आतिथ्य रहेको थियो ।