
धादिङ असोज २३ । धादिङको ग्रामिण यातायात धादिङ प्रा. लि. ले दशै तिहार दक्ष्यित गरेर डिलक्स सहित ७ वटा नया बस थप गरेको जनाएको छ । आरामदायी र सुरक्षित यात्राको सेवा दिईरहेको दावी गरेको ग्रामिण यातायात धादिङ प्रा. लि. ले डिलक्स बस ३ वटा र मिनीबस ४ वटा गरि ७ वटा नयाँ गाडी थपिएको जनाएको हो ।
प्रा.लि.का अध्यक्ष राजेन्द्र अधिकारीका अनुसार हाल यस समितिले ४५ वटा बस संचालन गरि रहेको छ । धादिङबेसी सदरमुकामबाट चल्ने यस समितिको बस काठमाडौं, पोखरा, नारायणघाट, बीरगंज, धादिङ ग्रमिण क्षेत्रहरुमा सेवा दिई रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।




























