धादिङका राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्दै

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २२, २०७८

धादिङ असोज २२ । धादिङबाट निर्वाचित बागमती प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे मुख्य मन्त्री बन्य निश्चित भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बागमती प्रदेशमा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने निर्णय गरे सँगै नेकपा एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डे मुख्य बन्त्री बन्ने भएका हुन् ।

प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था छ । बागमती प्रदेशमा हाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ । गत भदौ २ गतेमात्रै मुख्यमन्त्री पदमा नियुक्त भएकी शाक्य नेकपा एमालेका हुन् । उनी माधवकुमार नेपाल पक्षबाटै मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । तर, नेकपा ९एकीकृत समाजावादी० पार्टी गठन भएपछि उनी एकीकृत समाजवादीमा नगई एमालेमा नै बसेकी हुन् ।

मुख्यमन्त्री शाक्यले यही असोजको अन्तिम साता विश्वासको मत लिने तयारी गरेको छ । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेको स्पष्ट बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् ।

बागमती प्रदेशसभामा हाल ११० जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । यसअघि नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएपनि अब गठबन्धनमा सहभागी जुटेसँगै पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।