नेकपा (एस) बागमती प्रदेशमा धादिङबाट २८ जना चयन (नामावली समेत)

Avatar photo
Dhadingpost
अशोज २१, २०७८

धादिङ असोज २१ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । भेलामा प्रादेशिक इन्चार्जरसहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन नवगठित प्रदेश कमिटीलाई केन्द्रिय समितिका उपाध्यक्ष राजेन्द्र पाण्डेले शपथ खुवाएका थिए ।

बागमती प्रदेशमा धादिङबाट को को नामावली
1. राम प्रसाद अधिकारी, ज्वालामुखी
2. कृष्ण प्रसाद अर्याल, सिद्धलेक
3. इन्दिरा ढुङ्गाना, गंगाजमुना
4. हरि प्रसाद शर्मा, नीलकण्ठ
5. धर्म बहादुर अर्याल, ज्वालामुखी
6. बेदबहादुर खांड, नीलकण्ठ
7. टमबहादुर श्रेष्ठ, बेनीघाट रोराङ
8. शंकर तामाङ, थाक्रे
9. कृष्ण बहादुर दाहाल, गंगाजमुना
10. मेन घले, रुबीभ्याली
11. डोलबहादुर अधिकारी, नेत्रवती डवजोङ
12. कुलमान बिक, नीलकण्ठ
13. पार्वती खांड, नीलकण्ठ
14. खुनराज थापा, सिद्धलेक
15. मायाँ शर्मा, बेनीघाट रोराङ
16. चुडामणि कडेल, गजुरी
17. प्रमोद रुपाखेती, गजुरी
18. शुक्लबहादुर उप्रेती, गजुरी
19. सिता ढुङ्गाना, गजुरी
20. रामचन्द्र आचार्य, धुनीबेसी
21. बालकृष्ण आचार्य, धुनीबेसी
22. भगवान थापा, खनीयाबास
23. नीरु खरेल, धुनीबेसी
24. सविता अर्याल, सिद्धलेक
25. अञ्जन थापा (कुमार), त्रिपुरासुन्दरी
26. कृष्णहरि, श्रेष्ठ गल्छी
27. नारायण रुपाखेती, थाक्रे
28. विनोद पाण्डे, धुनीबेसी

बागमती प्रदेश भेलामा स्थायी समिति सदस्य सावित्रा भुसालले आगामी दिनमा प्रदेशलाई कसरी सशक्त बनाएर लैजाने, प्रदेशभित्र पर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने विषयमा संवेदनशील हुन आग्रह गरेकी थिईन् । परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारीरूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलामा सुझाव दिएका थिए । (२८ जना हुनु पर्ने मा संख्या अन्यथा हुन गएकोमा सच्याईएको छ -सम्पादक)